काठमाडौँ ०९ भदौ / इजरायलले ४८ घण्टाका लागि सङ्कटकाल लगाएको छ । त्यहाँका रक्षामन्त्री याओभ गलन्टले देशभर नै ४८ घण्टाका लागि सङ्कटकालको घोषणा गरेका छन् । इजरायलले लेबनानी सशस्त्र समूह हिजबुल्लालाई निशाना बनाएर गरेको हवाई आक्रमणको प्रतिकारमा लेबनानले पनि हवाई हमला गरेपछि सङ्कटकाल लगाइएको हो ।
मन्त्रीपरिषद्ले विस्तार नगरेसम्म यो अवस्था ४८ घण्टाका लागि मान्य हुनेछ । इजरायलमा तनाव बढ्दै गएको छ । यस क्षेत्रमा थप जोखिम बढेसँगै इजरायली नागरिकलाई उच्च सतर्कताका रहन भनिएको छ ।
एक पत्रकार सम्मेलनमा आइडिएफका प्रवक्ताले भने, “हिजबुल्लाहले दक्षिणी लेबनानबाट नजिक इजरायली क्षेत्रमा आक्रमण गरिरहेको छ । यसको बदलामा इजरायलले हिजबुल्लाहमाथि आक्रमण गर्ने तयारी गरिरहेको छ । तसर्थ हामी उक्त क्षेत्रमा रहेका लेबनानी नागरिकलाई तुरुन्तै स्थान खाली गर्न आग्रह गरेका छौँ ।
गत महिना तेहरानमा हमासका राजनीतिक नेता इस्माइल हानिया र लेबनानमा हिजबुल्लाह कमाण्डर मारिएपछि इरानले इजरायलसँग बदला लिने चेतावनी दिएको थियो । इरानको सम्भावित आक्रमणविरूद्ध इजरायलले कडा प्रतिशोधको तयारी गरिरहेको छ

