काठमाडौँ ०९ भदौ / घरेलु टोली नेपाल साफ यू-२० च्याम्पियनसिपको फाइनलमा पुगेको छ। आइतबार भएको सेमिफाइनलमा नेपालले भुटानलाई पेनाल्टीमा ४-१ गोल अन्तरले हराउँदै नेपालले उपाधि भिडन्त पक्का गरेको हो ।
नेपालका गोलकिपर जियारेथ शेखले शानदार प्रदर्शन गरे। उनले दोस्रो र तेस्रो प्रहार रोकेका थिए भने नेपालको चौथो प्रहार आफैले गर्दै गोल गरेक थिए। जियारेथअघि नेपालले सुरुका तीनवटै प्रहारमा गोल गरेको थियो।

