fbpx

काठमाडौँ १० भदौ / ओमानका विदेशमन्त्री सैयद बदर बिन हमद अल बुसैदी आज नेपाल आउँदै छन् । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाको निमन्त्रणामा बुसैदी दुई दिने भ्रमणका लागि आज नेपाल आउन लागेका हुन् ।

भ्रमणका क्रममा दुई देशका विदेशमन्त्रीबीच दुई देशको आपसी हितबारे छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। नेपाल बसाइका क्रममा विदेशमन्त्री बसैदीले राष्ट्रपति र प्रधानमन्त्रीसँग पनि भेटवार्ता गर्ने कार्यतालिका रहेको छ। उनी भोलि ओमान फर्किनेछन् ।