काठमाडौँ १० भदौ / वैदिक सनातन हिन्दू धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा-आराधना गरी श्रद्धा-भक्तिपूर्वक मनाउँदैछन्।
हिन्दु धर्मावलम्बीहरुले सोमबार कृष्ण जन्माष्टमी पर्व हर्षोल्लासका साथ मनाउँदै छन् । भगवान विष्णुको आठौं अवतार भगवान कृष्णको जन्म दिवस स्वरूप यो दिन मनाइन्छ ।
पाटनस्थित कृष्ण मन्दिरमा पनि सोमबार बिहानैदेखि भक्तजनको भीड लागेको छ । यस दिन भक्तजनहरू कृष्ण मन्दिरहरूमा पुग्छन्, भक्ति गीत गाउँछन्, व्रत बस्छन् र रातभर जागर राखेर भगवान कृष्णको जन्म मनाउँछन्।
सरकारले आज कृष्ण जन्माष्टमीको अवसरमा सार्वजनिक बिदा दिएको छ ।

