काठमाडौँ ११ भदौ / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले डा मुकुल ढकाललाई मंगलबार बसेको केन्द्रीय समितिको बैठकले साधारण सदस्यबाट निष्काशित गरेको छ । रास्वपाले यसअघि ढकाललाई पार्टी महामन्त्री, प्रवक्ता तथा केन्द्रीय सदस्यबाट हटाएको थियो ।
रास्वपाले ढकाललाई दोस्रो पटक स्पष्टीकरण सोधेको थियो । गत बैशाखमा इलाममा भएको उपनिर्वाचनपछि ढकालले विभिन्न जिल्ला भ्रमण गरेर पार्टीको समीक्षा प्रतिवेदन तयार पारेका थिए ।
उक्त प्रतिवेदनमा पार्टी सभापति रवि लामिछानेको कार्यशैली तथा पार्टी सञ्चालन प्रक्रियाको आलोचना गरिएको आरोप लगाउँदै रास्वपाले गत असार २५ गते महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट पदमुक्त गरेको थियो ।
उनलाई गत असार १२ गते पहिलो र यही भदौ ६ गते दोस्रो पटक स्पष्टीकरण सोधिएको थियो ।

