काठमाडौँ ११ भदौ / नयाँ बानेश्वरमा सञ्चालित एएसजी आइ केयर र नेपाल स्किन हस्पिटलको फोहर उठाउन रोक लगाइएको छ ।
महानगरपालिकाले आज गरेको अनुगमनका क्रममा ती स्वास्थ्य संस्थाले संक्रमित फोहर स्रोतमा वर्गीकरण नगरेको, हानीकारक फोहरलाई निर्मलीकरण गर्न अटोक्लेभजस्ता साधन तथा उपकरण प्रणाली नभएको तथा अन्तिम व्यवस्थापन गर्दा सामान्य फोहरसँगै पठाउने गरेको पाइएकोले फोहर उठाउन रोक लगाइएको हो ।
दुवै स्वास्थ्य संस्थामा रङ्ग संकेतअनुसार जोखिमपूर्ण फोहर राख्ने छुट्टै बिन राखिएको नभेटिएको महानगरपालिकाको भनाइ छ ।
यसरी बनाइएको पोको आइ केयरले सवारी पार्किङ् गर्ने ठाउँको एउटा कुनामा राखेको पाइएको र स्किन अस्पतालले घरको छतमा राख्ने गरेको भेटिएको महानगरपालिकाको वातावरण व्यवस्थापन विभागको फोहरमैला व्यवस्थापन महाशाले जनाएको छ। ,

