fbpx

काठमाडौँ १२ भदौ / एकीकृत समाजवादीको पदाधिकारीतर्फको मतगणना सकिएको छ। महिला उपाध्यक्षमा जयन्ती राई निर्वाचित भएकी छन्। त्यस्तै मधेसी क्लस्टरबाट धर्मनाथ साह निर्वाचित भएका छन्। राईसँग रामकुमारी झाँक्री प्रतिस्पर्धामा थिइन्। साहसँग रामचन्द्र झा प्रतिस्पर्धामा थिए।

नेकपा एकीकृत समाजवादीको उपाध्यक्ष(महिला) पदमा चर्चित युवा नेतृ रामकुमारी झाँक्री पराजित भएकी छन् । मंगलबार भएको निर्वाचनको मतपरिणामअनुसार उनी अर्की नेतृ जयन्ती राईसँग हारेकी हुन् ।

झाँक्रीले ११३ मत पाउँदा विजयी भएकी राईले १९८ मत पाइन् । एमाले विभाजित भएर एकीकृत समाजवादी बन्दा झाँक्रीले माधव नेपाललाई बलियो साथ दिएकी थिइन् । पार्टी विभाजन पछिको पहिलो महाधिवेशन पश्चात भएको पदाधिकारी चयनमा उनै नेतृ पराजित भएकी हुन् ।