fbpx

काठमाडौँ १२ भदौ / नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

आज छापावाल सुनको मूल्य मंगलबारको तुलनामा तोलामा ८ सय रूपैयाँले बढेर १ लाख ५३ हजार १ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको भाउ पनि ५ रुपैयाँले बढेको छ । हिजोे तोलाको एक हजार आठ सय ५० रुपैयाँ रहेको चाँदीको भाउ आज तोलामा ५ रुपैयाँले बढेर एक हजार आठ सय ५५ रुपैयाँ भएको महासङ्घले जनाएको छ ।