fbpx

काठमाडौँ १२ भदौ / सभामुख देवराज घिमिरेले बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयक (टीआरसी विधेयक) प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाएका छन् ।

संघीय संसद्को दुवै सदनबाट सर्वसम्मतिले पारित गरेको उक्त टीआरसी विधेयक सभामुख घिमिरेले प्रमाणीकरण गरेसँगै आज नै राष्ट्रपतिसमक्ष पठाउने तयारी रहेको बताइएको छ । राष्ट्रपतिबाट प्रमाणीकरण भएर राजपत्रमा प्रकाशित भएपछि सो विधेयक ऐनको रुपमा लागू हुनेछ ।

अब राष्ट्रपतिबाट प्रमाणीकरण भएर राजपत्रमा प्रकाशित भएपछि सो विधेयक ऐनको रूपमा लागू हुनेछ ।