fbpx

काठमाडौँ १३ भदौ / नेपाल सुनचाँदी व्यवसायी महास‌घका अनुसार नेपाली बजारमा आज सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । हिजाेकाे तुलनामा आज सुनकाे भाउ १ सयले बढेकाे छ ।

१ लाख ५३ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ५३ हजार २ सय रुपैयाँमा काराेबार हुने महास‌घले जनाएकाे छ ।

यस्तै आज चाँदीको मूल्य भने घटेको छ । बुधवार तोलामा १ हजार ८ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबार १ हजार ८ सय ३० रुपैयाँमा कारोबार भएको हो ।