fbpx

काठमाडौँ १३ भदौ / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वयसँग प्रतिवेदनको विषयमा कुरा नमिलेपछि पदाधिकारी र पूर्वपदाधिकारी बैठक बोलाएका छन् ।

एक पदाधिकारीका अनुसार दुई महामन्त्रीको प्रतिवेदन जसरी भएपनि परिमार्जन गराउने देउवाको तयारी छ । आज पनि बैठकमा मिलाउनु पर्‍यो हटाउनु पर्‍यो भन्ने देउवाको भनाइ रहेको उनले बताए ।

यसमा शीर्ष नेताहरूले गम्भीर आपत्ति जनाएका छन्। दुई महामन्त्री यी बुँदा परिमार्जन गर्न तयार नभएपछि देउवाले पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक डाकेका छन्। बैठक शनिबार बिहान ९ बजे देउवाको निवास बूढानीलकण्ठमै बस्ने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।