काठमाडौँ १४ भदौ / गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी ऐनको मस्यौदा गृह मन्त्रालयबाट पारित भएर अर्थ मन्त्रालयमा पठाएको बताएका छन् । शुक्रवार मन्त्रालयमा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री लेखकले भने, ‘मस्यौदा गृहबाट पारित भएर अर्थमा गएको छ, चाँडो संसदमा प्रस्तुत गर्ने योजना छ ।’
उनले भने- ‘नेपाल प्रहरी ऐन २०१२ कै सक्रिय छ । अब नेपाल प्रहरी ऐन २०१२ लाई विस्थापित गरेर समसामयिक, आधुनिक, परिमार्जित नयाँ कानून ल्याउनुपर्छ भनेर मैंले पहलकदमी लिएको हुँ । अहिले प्रहरी सम्बन्धी ऐन नयाँ ऐन बनाउने गरेर विधेयक गृहमन्त्रालयबाट पारित भइसकेको छ ।
उनले भने- ‘निर्वाचन सम्बन्धी ऐन नौं वटा छ । कानूनलाई एकीकृत गरेर र परिमार्जन गरेर आठ कानूनलाई विस्थापित गर्दै एउटा निर्वाचन ऐन बनाउने प्रक्रिया अघि बढेको छ । विधेयकका रुपमा यहाँबाट पारित गरेर त्यो पनि अर्थमा पुगेको छ ।’
स्थानीय शान्ति सुरक्षाका कानूनहरुलाई पनि समसामयिक रुपले परिमार्जन गर्ने कुरालाई प्राथमिकतामा राखेको भन्दै शसस्त्र प्रहरी सम्बन्धी नयाँ कानून निर्माण गर्नका लागि अन्तिम मस्यौदा तयार गर्ने चरणमा रहेको उनको भनाई छ ।
उनले विपद्का कारणले पूर्ण रुपमा क्षती भएका मानिसको लागि अस्थायी घर निर्माणको कार्यविधिले पूर्णता पाएको पनि जानकारी दिए । नयाँ घर निर्माणका लागि पनि प्रक्रिया अगाडि बढि सकेको बताए ।
प्रहरी चारित्रिक प्रमाणपत्र सम्बन्धी निर्देशिका स्वीकृत गरेर क्याबिनेट पठाए उनले बताए । उनले भने, ‘समय सापेक्ष कानुन निर्माण गर्ने र सम्बन्धित संस्थालाई कानूनद्वारा नै सञ्चालन गर्ने मेरो लक्ष्य हो

