काठमाडौँ १४ भदौ / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका केन्द्रीय सदस्य मानबहादुर नेपाली प्रमुख रहेको कानून विभागको सदस्यमा विभिन्न १० सदस्य मनोनीत गरेका छन् ।
विभाग सदस्यमा शिवराज पाण्डे, कलमबहादुर खत्री, दुर्गाबहादुर सुनार, दीपकराज गौतम, ध्रुव श्रेष्ठ, रामचन्द्र गौतम, खिल गिरी, मन्दिरा शर्मा, अनिलकुमार कर्ण र शोभा घिमिरे मनोनीत भएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
सभापति देउवाले पार्टी विधानको धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य मानबहादुर नेपाली प्रमुख रहेको समिति सदस्य थप गरेका हुन् ।


