काठमाडौँ १६भदौ / नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार स्थानीय बजारमा आज सुनको मूल्य तोलामा ६ सयले घटेको छ। शुक्रबार प्रतितोला रु एक लाख ५२ हजार नौ सयमा कारोबार भएको छापावाला सुन आज रु एक लाख ५२ हजार तीन सय निर्धारण भएको छ।
यस्तै, चाँदीको मूल्य तोलामा रु २५ ले घटेको छ। शुक्रबार प्रतितोला रु एक हजार आठ सय २० मा कारोबार भएको चाँदी आजका लागि रु एक हजार सात सय ९५ निर्धारण भएको छ।

