काठमाडौँ १६भदौ / रुपन्देही प्रहरीले जबरजस्ती करणी गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ।। कोटहीमाई गाउँपालिकामा कार्यरत कर्मचारी मनोहर चौधरी,उद्यम विकास सहजकर्ता मुकेश चौधरी र बंटी भन्ने शैलेश पाण्डे पक्राउ परेका हुन्।
‘जबरजस्ती करणी मुद्दामा तीन जनाको नाम किटान गरेर जाहेरी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। जस अनुसार प्रहरीले तीन जना युवाहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ।
प्रहरीले सामुहिक बलात्कार भए/नभएको लगायत विषयमा अनुसन्धान भइरहेकोले अहिले नै केही भन्न नसकिने बताएको छ । घटना केही दिन अघिको र घटनास्थल लुम्बिनी क्षेत्रमा रहेको प्रहरीले जनाएको छ।

