fbpx

काठमाडौँ १८भदौ / नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । आज छापावाल सुनको मूल्य सोमबारको तुलनामा स्थिर रहेर तोलाको १ लाख ५२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार प्रतितोला १७ सय ७५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २४ सय ९६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।