काठमाडौँ १९भदौ / काठमाडौँ महानगरका मेयर बालेंन शाहका समर्थकले प्रधानमन्त्री केपी शर्मा ओलीलाइ “अनफलो” गर्ने अभियान चलाएका छन्। काठमाडौं महानगर पालिकाका मेयर बालेन्द्र शाह (बालेन)का समर्थकले ‘अनफलो’ गर्ने अभियान चलाएपछि प्रधानमन्त्रीको फलोअर्स घटिरहेका हुन् ।
मंगलबार अपराह्न मेयर बालेनले आफ्नो स्टाटसलाई फेसबुकले हटाइदिएको उनको सचिवालयले दाबी गरेको थियो । कसैले रिपोर्ट गरेका कारण सो पोष्ट फेसबुकले डाउन गरको सचिवालयले दाबि गरेको थियो । त्यसपछि मंगलबारनै बालेनले पोष्ट हटाउने होइन, दोषीलाई करावाही गर्नुपर्यो भन्ने पोष्ट गर्दै आफ्नो पोष्ट सरकारले हटाइदिएको आशय व्यक्त गरेका थिए । त्यसपछि बालेनका समर्थहरूले ओलीलाई अनफलो गर्न शुरु गरेका हुन् ।
सामाजिक सञ्जालमा बालेन र एमालेबिच टसल देखिएसँगै प्रधानमन्त्री ओलीलाई ६८ हजारले अनफलो गरेको पाइएको छ । मंगलबारसम्म केपी शर्मा ओलीको फेसबुक पेजमा ६ लाख ६६ हजार फलोअर्स थिए । बुधबार बिहान १० बजेसम्म ओलीको पेजमा फलोअर्सको संख्या ५ लाख ९८ हजारमा झरेको छ । अभियान चलेको २४ घण्टा बित्न नपाउँदै ओलीको फलोअर ६८ हजारले घटेका हुन् ।
आफ्नो पोस्ट फेसबुकबाट गायब भएपछि बालेनले ‘पोस्ट उडाउने हैन, दोषी समाऊ सरकार । म गलत हो भने मलाई समाऊ, हैन भने दोषी समाऊ’ भनेर लेखेका थिए । उनको यो पोस्टपछि समर्थकहरूले प्रधानमन्त्री ओलीविरुद्ध अनफलो अभियान चलाएको बताइन्छ ।

