fbpx

काठमाडौँ १९भदौ / नेपालीलाई पारा ओलम्पिकमा ऐतिहासिक कास्य पदक जितेकी पलेशा गोवर्धनको भव्य स्वागत गरिएको छ । केही बेरअघि मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएकी गोवर्धनलाई स्वागत गर्न हजारौँ समर्थकहरू विमानस्थल पुगेका थिए ।

अहिले पलेशसहितको नेपाली टीमलाई एयरपोर्ट, गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, शहीदगेट, त्रिपुरेश्वर चोक हुँदै राष्ट्रिय खेलकुद परिषद्को प्राङ्गणमा पुर्‍याइनेछ ।

 

विमानस्थलमा स्वागत गरिएपछि पलेशसहितको नेपाली टीमलाई एयरपोर्ट, गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, शहीदगेट, त्रिपुरेश्वर चोक हुँदै नगर परिक्रमा गराइएको थियो ।

त्यपछि उनलाई राष्ट्रिय खेलकुद परिषद्को प्राङ्गणमा पुर्‍याएको छ । पलेसाले गत शुक्रवार राति कास्य जितेकी थिइन् । कुनै पनि किसिमको ओलम्पिक खेलकुदमा नेपालले जितेको यो पहिलो पदक हो ।