fbpx

काठमाडौँ २० भदौ / मकवानपुर- वर्षासँगै पहिरो खस्दा अवरुद्ध बनेको हेटौंडा-काठमाडौं जोड्ने कान्तिलोकपथ सञ्चालनमा आएको छ ।

मकवानपुरको बकैया गाउँपालिका- ११ लाम्राङमा पहिरो खस्दा सो सडकमा आवतजावत रोकिएको थियो ।
उक्त स्थानमा खसेको पहिरो पन्छाइ यातायात सञ्चालनमा ल्याएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार अनुसार हेटौंडाबाट संघीय राजधानी काठमाडौं जोड्ने त्रिभुवन राजपथ, भीमफेदी-कुलेखानी-फाखेल, सिस्नेरी सडकखण्ड, पूर्वपश्चिम राजमार्ग सबैतिरको बाटोमा यातायात सञ्चालन भइरहेको छ ।