fbpx

एजेन्सी २० भदौ / अमेरिकाको जर्जियाको एक हाईस्कूलमा भएको गोलीकाण्डमा चार जनाको मृत्यु भएको छ । सो घटनामा अन्य नौ जना घाइते भएका छन् ।

अमेरिकाको जर्जियास्थित एक हाईस्कुलमा गोली चल्दा चार जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । हत्याको आरोपमा त्यहाँका विद्यार्थी रहेका १४ वर्षीय बालकलाई प्रहरीले पक्राउ गरेको छ ।

बुधबार भएको यस घटनामा मारिनेमा दुई विद्यार्थी र दुई शिक्षक रहेको जर्जियाको अनुसन्धान एजेन्सीले जनाएको छ । गोली चलेको खबर पाएर प्रहरी पुगेपछि आक्रमणकारीले आत्मसमर्पण गरेका थिए ।

न्डरको अपलाची हाई स्कूलमा बुधबार भएको आक्रमणमा दुई विद्यार्थी र दुई शिक्षकको मृत्यु भएको स्थानीय अधिकारीले जनाएका छन् ।

अधिकारीहरूका अनुसार करिब १९ सय विद्यार्थी अध्ययनरत विद्यालयमा स्थानीय समय अनुसार बिहान करिब साढे दश बजेको समयमा गोलीबारी भएको थियो ।

निजलाई हत्याको अभियोग लगाइने भएको छ ।