काठमाडौँ २० भदौ / शर्तसहित प्रतिबन्ध हटाउने सरकारको निर्णयपछि टिकटकका प्रतिनिधिहरु काठमाडौं आएका छन् । उनीहरुले बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरकारले राखेका शर्तहरुबारे छलफल गरेका छन् ।
बिहीबार टिकटकका प्रतिनिधिहरूले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा छलफल गरेका छन्। उनीहरूले सरकारले तोकेका शर्तहरू पूरा गर्ने प्रतिबद्धता जनाउँदै तत्कालै प्रतिबद्धता पत्र उपलब्ध गराउन सकिने बताएका छन्।
सरकारले २०८० कात्तिक २७ गते टिकटकमा प्रतिबन्ध लगाएको थियो। करिब ९ महिना पछि यही ६ भदौमा सरकारले सर्तसहित टिकटकमाथिको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो।
सञ्चार मन्त्रालयले भने हालसम्म दूरसञ्चार प्राधिकरणलाई औपचारिक रूपमा प्रतिबन्ध हटाउन निर्देशन भने दिएको छैन।

