काठमाडौँ २१ भदौ / नेपाली राष्ट्रिय क्रिकेट टोलीले श्रीलंका डेभलभमेन्ट ११ सँगको तेस्रो तथा अन्तिम अभ्यास खेलमा आज खेल्दैछ नेपालले टस हारेकाे छ ।
श्रीलङ्का डेभलपमेन्ट स्क्वायडका कप्तानले टस जितेर बलिङ राेजेपछि नेपालले पहिला ब्याटिङ गर्ने भएकाे छ । आजकाे खेलमा नेपालकाे कप्तानी साेमपाल कामीले गरेका छन् ।
आईसीसी क्रिकेट विश्वकप लिग–२ को तयारीका लागि नेपाली टोली श्रीलङ्का गएको हो । लिग–२ मा नेपालले यही सेप्टेम्बरमा क्यानडामा हुने त्रिदेशीय एकदिवसीय शृङ्खलामा घरेलु टोलीसँगै ओमानसँग खेल्नेछ ।
यसपछि नेपाली टोलीले आउँदो अक्टोबरमा अमेरिकामा हुने त्रिदेशीय एकदिवसीय शृङ्खलामा घरेलु टोलीसँगै स्कटल्यान्डसँग खेल्नेछ ।

