काठमाडौँ २१ भदौ / बिहीबारदेखि परेको अबिरल बर्षाका कारण गोरखा–आँबुखैरेनी सडक खण्ड अवरुद्ध भएको छ । अविरल वर्षाका कारण पृथ्बी राजमार्ग अन्तर्गत गोरखा आँबुखैरेनी सडक खण्ड अवरुद्ध भएको हो ।
उहाँका अनुसार दुई दिनदेखि निरन्तर रुपमा परेको अविरल वर्षाले गोरखा नगरपालिका –१३ स्थित ५ किलोमा बिहान ५ बजे पहिरो गएको छ ।
लेदोसहित ठुलो पहिरो गएकाले पहिरो पन्छाउन नेपाल प्रहरी, गोरखा सडक योजना कार्यालय र गोरखा नगरपालिकाको सहयोगमा जेसिबी प्रयोग गरी पहिरो पन्छाउन सुरु भएको प्रहरीको भनाइ छ ।
अबको केही घण्टामा सडक सुचारु हुने गोरखा नगरपालिकाका नगर प्रमुख कृष्णबहादुर रानामगरले बताउनुभयो । झण्डै ५ घण्टादेखि यात्रुवाहक सवारी साधनहरु रोकिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
निरन्तर रुपमा जेसिबीले पहिरो पन्छाउने काम गरिरहेकाले छिट्टै नै एकतर्फी रुपमा भए पनि सडक सुचारु गर्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखा प्रहरीले जनाएको छ।

