काठमाडौँ २३ भदौ / प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।बालुवाटारमा भएको आजको भेटवार्तामा प्रभावकारी सरकार सञ्चालनका बारेमा छलफल भएको बताइएको छ ।
बैठकमा कोशी प्रदेशकाे मन्त्रिपरिषद् विस्तार मुख्य एजेण्डा रहेकाे बताइएकाे छ । प्रधानमन्त्री ओलीले कांग्रेस सभापति देउवालाई ४:३० बजेका लागि बालुवाटार डाकेका हुन् ।
कांग्रेसले कोशी प्रदेश सरकारमा आफ्नो तर्फबाट मन्त्री हुनेहरुको सूची मुख्यमन्त्री हिक्मत कार्कीलाई बुझाउन नसक्दा कोशीमा मन्त्रिपरिषद विस्तार हुन सकेको छैन ।

