fbpx

काठमाडौँ २३ भदौ / नेपालस्थित अमेरिकी दूतावासमा इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ईडीभी) प्रयोजनका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा ललितपुरको महालक्ष्मी नगरपालिका–८ घर भएकी ३२ वर्षीया गोमा पाण्डे, सर्लाहीको लालबन्दी नगरपालिका–१० घर भएका २८ वर्षीय अनिलकुमार महतो, झापाको अर्जुनधारा नगरपालिका–८ घर भएका ५० वर्षीय गोपालप्रसाद घिमिरे र संखुवासभाको खाँदबारी नगरपालिका–९ घर भएका ४३ वर्षीय सुवा ढकाल छन् ।

उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेपछि काठमाडौंस्थित अमेरिकन दूतावासले प्रहरीलाई पत्राचार गर्दै घटनाबारे जानकारी गराएको थियो । त्यसपछि २१ भदौमा उनीहरुलाई पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजिकुमार आचार्यले बताए ।