काठमाडौँ २५ भदौ / सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन बैठकमा उपसभामुखलाई हटाउन सदनमा प्रस्ताव लैजानेबारे छलफल छलफल भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
यसअघि उपसभामुख इन्दिरा राना मगरले असम्बन्धित व्यक्तिलाई अन्तर्वार्ताका लागि समय मिलाइदिन नेपालस्थित अमेरिकी दूतावासलाई पत्र लेखेपछि विवादमा तानिएकी थिइन् । यसैलाई आधार बनाएर गठबन्धन सरकारले उपसभामुखलाई हटाउन लागेको रास्वपा नेताहरूले आशङ्का व्यक्त गरेका छन् ।
उपसभामुखलाई हटाउने सत्ता गठबन्धन दलमा भएको छलफललाई (रास्वपा)ले गम्भीररूपमा लिएको जनाएको छ। यसबारे छलफल गर्न (रास्वपा)ले अनौपचारिक बैठक बोलाएको छ ।

