fbpx

काठमाडौँ २८भदौ / उपसभामुख इन्दिरा राणा मगरबारे निर्णय गर्न नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक जारी रहेको छ । बैठक पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा जारी रहेको छ।

बैठकमा संसद्को बर्खे अधिवेशनको समीक्षा, उपसभामुख इन्दिरा राना मगर प्रकरणलगायत भूमिकाको विषयमा छलफल हुने बुझिएको छ।

‘सांसदभित्र भइरहेका गतिविधि, अवरोध, उपसभामुख प्रकरणलगायत विषयमा छलफल हुने जनाइएको छ।
नेताहरूका अनुसार बैठकमा उपसभामुखलाई हटाउने सत्ता पक्षको तयारीका बारेमा छलफल हुनेछ ।

यस्तै बैठकमा समसामयिक राजनीति, संसदमा माओवादीको भूमिका लगायत विषयमा पनि छलफल हुने माओवादी केन्द्रले जनाएको छ ।