fbpx

काठमाडौँ ३० भदौ / नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार स्थानीय बजारमा आज सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । लगातार उकालो लागिरहेको सुनको मूल्य आज प्रतितोला पाँच सयले वृद्धि भएको छ ।

शुक्रबार प्रतितोला एक लाख ५६ हजार तीन सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ५६ हजार आठ सय निर्धारण भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

यस्तै चाँदीको मूल्य तोलामा ४० रुपैयाँले वृद्धि भएको छ । शुक्रबार प्रतितोला एक हजार आठ सय ६० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने एक हजार नौ सय निर्धारण भएको छ ।