काठमाडौँ, आश्विन १ / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को राष्ट्रिय भेला सुरु भएको छ । काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सभापति रवि लामिछानेले भेलाको उद्घाटन गरे ।
रास्वपाका अनुसार देशभर चार सय पालिका र दुई हजार वडामा रास्वपाको पार्टी संरचना छ । वडाबाट प्रतिनिधि ल्याउने सम्भावना नभएकाले पालिकाबाट प्रतिनिधि छनोटगरी ल्याउने व्यवस्था गरेको जनाइएको छ ।
भेलाका लागि पार्टीले १५ वटा उपसमिति गठन गरेर तयारी गरेको थियो । भेलामा राजनीतिक र साङ्गठनिक प्रतिवेदन प्रस्तुत हुने जनाइएको छ । पार्टी सभापति रवि लामिछानेबाट राजनीतिक प्रतिवेदन प्रस्तुत हुने समेत कार्यक्रम रहेको छ ।

