काठमाडौँ, आश्विन ०५ / नेपाली फिल्म ‘छक्कापञ्जा ५’ प्रचारका लागि ‘रोस्टिङ ब्याटल’ अगामी २० गते राष्ट्रिय नाचघर जमलमा आयोजना हुने भएको छ । यो कार्यक्रमलाई अहिलेसम्मकै ठुलो रोस्टिङ ब्याटल भनिएको छ ।
‘रोस्टिङ ब्याटल’मा ‘छक्कापञ्जा ५’ टिम र ‘कमेडी च्याम्पियन’का कलाकारले एउटै मञ्चमा हास्य व्यङ्ग्य प्रस्तुति दिनेछन् । कमेडी च्याम्पियनले आयोजना गर्ने यो कार्यक्रमको उद्देश्य दशैंको फूलपातीमा रिलिज हुने ‘छक्कापञ्जा ५’ को प्रवर्द्धनमा सघाउनु हो ।
कमेडी च्याम्पियन आयोजक रहेको कार्यक्रमको ‘छक्कापञ्जा’बाट कलाकार दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे र वर्षा शिवाकोटी र कमेडी च्याम्पियनका भरतमणि पौडेल, सुमन कार्की, सुमन कोइराला, मेक्सम गौडेल, कैलाश कार्की, सन्तोष थापा, सजन श्रेष्ठ, प्रभात लामा, सुनिल खड्का र ऋषभ काफ्ले सहभागी हुनेछन् ।

