काठमाडौँ, आश्विन ०५ / लागुऔषधसहित कैलाली प्रहरीले दुई जना युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–८ का २७ वर्षीया रामरति राना थारु र सोही ठाउँकी २२ वर्षीया करिना राना रहेका छन् ।
उनीहरूको साथबाट एक ग्राम ७० मिलिग्राम लागुऔषध खैरो हिरोइन बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कवीन्द्रसिंह बोहराले जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका ८ बस्ने २७ वर्षीय राममति राना र सोही ठाउँ बस्ने २२ वर्षीय करिना राना रहेका छन् । उनीहरुको साथबाट १ ग्राम ७० मिलिग्राम खैरो हेरोइन समेत बरामद गरिएको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

