काठमाडौँ, आश्विन १३ / पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको कार्यसम्पादन समितिले मङ्सिर १६ मा हुने स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता गर्ने निर्णय गरेको छ ।
प्रमुख ठुलो दल नेपाली कांग्रेसले दल दर्ताको निर्णय गरेको पार्टी प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।
‘उक्त उपनिर्वाचनमा दलको तर्फबाट खडा हुने उम्मेदवारलाई दलको औपचारिक पत्र प्रदान गर्ने जिम्मेवारी शेरबहादुर देउवालाई दिइएको छ ।