fbpx

काठमाडौँ, आश्विन १४ / नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको आपूर्तिमा कुनै पनि समस्या नहुने बताएको छ। हाल सातदेखि दश दिनलाई पेट्रोलियम पदार्थ मौज्दात रहेकाले आपूर्तिमा कुनै समस्या नहुने निगमका कार्यकारी निर्देशक चण्डिका प्रसाद भट्टले जानकारी दिए।

नेपाल आयल निगमले तत्काल पेट्रोलियम पदार्थ अभाव नहुने भएको जनाएको छ। निगमले पेट्रोलियम पदार्थ पर्याप्त मौज्दात रहेकाले अभाव नहुने बताएको हो।

निगमका प्रवक्ता पूर्णप्रसाद रिजालले काठमाडौं उपत्यकामा एक हप्तालाई पुग्ने इन्धन मौज्दात रहेको जानकारी दिए। उनका अनुसार हाल पाँच हजार ३०० किलोलिटर पेट्रोल, छ हजार ३०० किलोलिटर डिजेल र चार हजार किलोलिटर हवाई इन्धन मौज्दात छ।

उनका अनुसार हाल निगमसँग पेट्रोल सात, डिजेल र हवाई इन्धन दश/दश दिनका लागि पुग्ने भण्डार क्षमता छ। निगमले काठमाडौं उपत्यकाको लागि अमलेखगञ्जबाट ट्यांकीमा ल्याएर थानकोट डिपोमा पेट्रोलियम पदार्थ भण्डार गर्दै आएको छ। सोही डिपो मार्फत पेट्रोल पम्पहरूमा वितरण हुन्छ।

थानकोट डिपोमा आइतबारसम्म पेट्रोल एक करोड लिटर, डिजेल तीन करोड लिटर र हवाई इन्धन ५५ लाख लिटर मौज्दात छ। ‘इन्धन बोकेका ट्यांकी काठमाडौं आउँदैछन्,’ उनले भने, ‘अबरूद्ध भएका ठाउँमा एकतर्फी बाटो खुलिसकेकाले समस्या छैन।’ उनका अनुसार पेट्रोलका २६०, डिजेल २५० र हवाई इन्धन बोकेका १४० वटा ट्यांकी काठमाडौं आउने क्रममा छ।