fbpx

काठमाडौँ, आश्विन १५ / साइबर अपराधमा पक्राउ परेका व्यवसायी दुर्गा प्रसाईलाई काठमाडौं जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले धरौटीमा छाड्न आदेश दिएको छ । साइबर अपराधसम्बन्धी दुईवटा कसुरमा ९ दिनअघि पक्राउ परेका थिए।

साइबर अपराधसम्बन्धी दुईवटा कसुरमा ५०/५० हजार रूपैयाँ धरौटी मागेको हो । प्रसाईँले एक लाख रूपैयाँ धरौटी बुझाउनुपर्ने छ । साइबर सम्बन्धी दुईवटा कसुरमा एकसाथ थुनछेक भएको हो ।

प्रसाईले विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसार कसुर गरेको अभियोगमा ५ वर्षसम्म कैद सजाय मागदाबीसहित मुद्दा दायर गरिएको थियो ।