काठमाडौँ, आश्विन २९ / काठमाडौं महानगरपालिकाले गौशालास्थित धर्मशाला सञ्चालन गर्नका लागि काठमाडौं जिल्ला प्रशासनसँग महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले पत्र लेख्दै सुरक्षा मागेका छन् ।
पशुपति क्षेत्र विकास कोष र काठमाडौं महानगरबिच पशुपति गौशाला धर्मशाला सञ्चालन, व्यवस्थापन गर्ने लिखित सहमति भएको र उक्त सहमतीपत्र बमोजिम सञ्चालन र व्यवस्थापन गर्न शान्ति सुरक्षा सहित आवश्यक सहयोग गरिदिन पत्रमा प्रशासनलाई अनुरोध गरिएको छ।


