fbpx

काठमाडौं २ कार्तिक । दशरथ रङ्गशालामा जारी साफ महिला च्याम्पियनसिप अन्तर्गतको खेलको पहिलो हाफमा नेपाल र भुटान बराबरी खेलेका छन् ।

जारी खेलको पहिलो हाफमा नेपाल र भुटान गोलरहित बराबरी खेलेका हुन् । नेपालले पहिलो हाफमा केहि अवसर सिर्जना गरे पनि गोलमा परिणत गर्न सकेन ।

यस्तै ४०औं मिनेटमा नेपालले डिबक्स भित्र गोल गर्ने अर्को अवसर पाएको थियो। डिबक्स भित्र प्राप्त तीन अवसरमा नेपाली खेलाडीहरूको भुटानी खेलाडीहरू बाधक बनेका थिए।