काठमाडौँ, १२ कार्तिक / राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद चन्दा कार्की भण्डारीले आफ्नो पार्टीले न्यायालयलाई प्रभावित पार्न नखोजिएको बताईन।
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी सांसद डा. चन्दा कार्कीले रवि लामिछानेलाई हिरासत बाहिर राखेर अनुसन्धान अगाडि बढाउन गृहमन्त्री रमेश लेखकसँग आग्रह गरेकी छन्।
१२ लाख नेपालीले पत्याएको दलको शुभचिन्तक भेला भएर चिन्तन गर्नु सामान्य हो । रवि लामिछानेको मुद्दा अदालतमा पुगेको छैन । अहिले प्रहरीमा मात्र पुगेको हो । हामीले आन्दोलन गलत मनसायले गरेको हैन ।’
उनले लामिछानेलाई न्याय दिन र थुना बाहिर राखेर अनुसन्धान गर्न गृहमन्त्रीसँग अनुरोध समेत गरिन् । उनले भनिन्ः ‘रबि लामिछानेको मुद्दामा निष्पक्ष र न्यायसङ्गत छानबिन होस् ।

