काठमाडौँ, १३ कार्तिक / नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। अघिल्लो कारोबार दिन सोमबार ४ सय रुपैयाँले घटेको सुन आज १५ सय रुपैयाँले बढेर तोलाको १ लाख ६८ हजार ५०० कायम भएको छ।
महासंघका अनुसार सोमबार सुन प्रतितोला १ लाख ६७ हजारमा खरिदबिक्री भएको थियो। त्यसअघि आइतबार प्रतितोला सुन १ लाख ६७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।
सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि बढेको छ। आज चाँदी प्रतितोला २ हजार १०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। सोमबार प्रतितोला चाँदी २ हजार ६५ रुपैयाँमा खरिदबिक्री भएको थियो।

