काठमाडौँ, १४ कार्तिक / गृहमन्त्री रमेश लेखकले सहकारी ठगी प्रकरणमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङमाथि अनुसन्धान हुने बताएका छन्। तथ्य प्रमाण हेरेर सबैमाथि अनुसन्धान हुने उनको भनाइ छ ।
उनले भने, ‘सहकारीको रकम अपचलनमा धनराजजीमाथि पनि अनुसन्धान हुन्छ, छानबिन हुन्छ, यदि तथ्य प्रमाणले उहाँले गैरकानुनी काम गरेको देखियो भने उहाँमाथि कारबाही हुन्छ ।’
उनले अहिले सहकारी ठगीमा प्रकरणमा भइरहेको अदालती प्रक्रियामा सबैलाई सहयोग गर्नसमेत आग्रह गरे ।

