fbpx

काठमाडौं १९ कार्तिक । अमेरिकामा जारी आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपाल आज (सोमबार) आफ्नो चौथो तथा अन्तिम खेलमा स्कटल्यान्डसँग भिड्दै छ।

तीन खेलमा १ मा जित र २ मा पराजित भएको नेपालले आज राति १० बजेर १५ मिनेटमा स्कटल्याण्डसँग खेल्न लागेको हो ।

नेपालले अमेरिकासँगका दुई खेल गुमाइसकेको छ । अमेरिकासँगको पहिलो खेल तीन विकेटले पराजित भएको नेपाल दोस्रो खेलमा ३७ रनले पराजित भएको थियो ।

स्कटल्याण्डमाथि भने नेपालले पाँच विकेटको जित निकालेको थियो ।