fbpx

काठमाडौँ २५ कार्तिक / निवासबाटै प्रहरी नियन्त्रणमा आएका एमालेका कोशी प्रदेश सांसद लिलाबल्लभ अधिकारीलाई निवासबाट निकालिएको छ ।

अधिकारीलाई विराटनगरस्थित आफ्नै निवासबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । नक्कली कागजात बनाएर ३ जनालाई जापान लगेको कसुरमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।

अधिकारीलाई विराटनगरबाट काठमाडौँ ल्याउने तयारी गरिएको छ।