काठमाडौँ, २३पुष / राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका छन् । उनले मंगलबार दिउँसो बूढानीलकण्ठ गएर पूर्वप्रधानमन्त्रीसमेत रहेका सभापति देउवासँग भेट गरेका हुन् ।
राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले दुई नेताबीच बूढानीलकण्ठमा भेटवार्ता भएको पुष्टि गर्दै समसामयिक राजनीतिका बारेमा छलफल भएको जानकारी दिए । उनले भने- ‘नेपाली कांग्रेसका सभापति, पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र राप्रपा अध्यक्ष, राजेन्द्र लिङ्देनबीच आज अपरान्ह भेटवार्ता भएको छ ।’ कांग्रेस-एमाले गठबन्धनको सरकार बारे अनेकौं चर्चा चलिरहेका बेला लिङदेन र देउवाको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

