fbpx

काठमाडौँ, २३पुष / रास्वपा सभापति रवि लामिछानेका समर्थकले रबि लामिछानेलाई अदालत गेट वाट बाहिर निकाल्ने क्रममा समर्थकले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेका छन् ।

रवि लामिछानेलाई सूर्यदर्शन सहकारीको बचत अपचलन प्रकरणमा प्रतिवादी बनाइएको छ । सोही क्रममा मंगलबार लामिछाने पक्षका कानून व्यवसायीले बहस सकेका छ्न् ।

बहस सकेर कास्की प्रहरीको हिरासतमा लामिछानेलाई फर्काइएको छ । रवि दाइ हाइहाई नाराबाजी गर्दागर्दै उनीहरुले प्रधानमन्त्री ओलीविरुद्ध पनि नाराबाजी गरेका हुन् । उनीहरुले कांग्रेस महामन्त्री गगन थापाविरुद्ध पनि नाराबाजी गरेका थिए ।