fbpx

काठमाडौं २४ फाल्गुन / काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको अनुसन्धानका आधारमा नेपालबाट भिजिट भिसाको आवरणमा सुरक्षाकर्मी, अध्यागमन अधिकारी र नेपाल एयरलाइन्सका कर्मचारीको मिलेमतोमा संगठित रूपमा मानव तस्करी भइरहेको खुलासा भएको छ ।

नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मानव बेचबिखन तथा अनुसन्धान ब्युरो परिचालन गरेपनि तस्करी नियन्त्रणमा पूर्ण रूपमा सफलता हासिल गर्न नसकेको र खाडी मुलुकतर्फ नेपाली महिलाहरूको अवैध तस्करी भइरहेको प्रहरी स्रोतले जनाएको छ ।
बताएको छ ।

प्रहरीका अनुसार दुबईमा मात्र दैनिक नेपाली महिलाहरू भिजिट भिसामा गएको देखिन्छ, विमानस्थलबाट भिजिट भिसाको सहारामा विशेष गरी दुबई, कुवेत, ओमन, कतार, साउदी अरब, बहराइन, सिरिया, इराक लगायतका खाडी मुलुकमा नेपाली महिलाहरूको अवैध रूपमा तस्करी भइरहेको छ । नेपालका विभिन्न ट्राभल एजेन्सीहरूको संलग्नतामा महिला तस्करी हुने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

नेपाल प्रहरीको अनुसन्धान अनुसार, दुईतर्फी टिकट भएपनि एउटा मात्र प्रयोग गर्ने, रिटर्न टिकट नक्कली बनाउने, होटल बुकिङ नक्कली गर्ने, ५०० अमेरिकी डलर बोक्नुपर्ने मापदण्डलाई नजरअन्दाज गर्ने कार्य भइरहेको छ ।

नेपाल सरकारले २०८० माघ १० गतेबाट लागू गरेको छ-बुँदे मापदण्डका आधारमा भिजिट भिसामा विदेश जान लाग्ने व्यक्तिले आवश्यक कागजात पेस गर्नुपर्ने नियम भएपनि तस्करहरूले नक्कली कागजात बनाएर तस्करीलाई निरन्तरता दिइरहेका छन् ।