काठमाडौँ , २८ फागुन / संघीय संसद अन्तर्गत विभिन्न तीनवटा समितिको बैठक सिंहदरबारमा बस्दैछ । आज अर्थ समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ ।
अर्थ समितिको बैठक बिहान ८ बजे बस्नेछ । बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा ग्यालरी बैठक भवन (पुरानो प्रतिनिधिसभा भवन) पुनर्निर्माणको प्रगतिको अवस्थाका बारेमा छलफल हुनेछ । छलफलका लागि शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशकलाई आमन्त्रण गरिएको छ ।
विधायन व्यवस्थापन समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा बैङ्किङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक २०८० माथि दफावार छलफल हुनेछ ।

