काठमाडौँ २९ फागुन / होली पर्वलाई मध्यनजर गरी काठमाडौं उपत्यकामा बिहीबार बिहानैदेखि उपत्यकाको तीनवटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा सुरक्षा व्यवस्था चुस्त पारिएको ट्राफिक प्रहरीले जनाएको छ।
उपत्यकाको ट्राफिक जाँच अभियान तीव्र पारिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयजनाएको छ । ट्राफिक प्रहरीका अनुसार अनुसार यसपटक ट्राफिक कारबाही मात्रै गरिँदैन, उनीहरूलाई होली मनाउन नपाउने गरी दिनभर सडकमा रोकिने छ।
त्यसका लागि उपत्यकामा १२० भन्दाबढी जाँच स्थल तोकेर प्रहरी परिचालन गरिएको छ। ट्राफिक प्रहरी र जनपथ प्रहरीले संयुक्त रूपमा जाँच अभियान चलाएको छ।
हरेक ठाउँमा संयुक्त परिचालन भएको र मादक पदार्थ सेवन तथा लागु पदार्थ सेवनका लागि आवश्यक उपकरण तथा टोली संयुक्त रूपमा खटाइएको उनले बताए।
प्रहरीले आफ्ना नजिकका र चिनेजानेकासँग मात्रै होली खेल्न अनुरोध गरेको छ। त्यसरी खेल्दा आपसी भाइचारा वृद्धि हुने गरी र सौहार्दपूर्ण तथा संस्कृतिअनुसार होली मनाउन अनुरोध गरेको छ।
त्यसैगरी काठमाडौं, ललितपुर र भक्तपुर प्रशासन कार्यालयले पनि मर्यादित भएर होली खेल्न अनुरोध गर्दै उच्छृङ्खल रूपमा होली खेले कानुनी कारबाही गर्ने जनाएको छ।

