काठमाडौँ ०३ चैत २०८१ / जिल्ला प्रशासन कार्यालय ललितपुरले पुल्चोक र भैँसेपाटीस्थित मन्त्री निवास क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भई अनसन, धर्ना, घेराउ, जुलस, प्रदर्शन तथा विरोधसभा जस्ता कार्यक्रम रोक लगाउँदै निषेधाज्ञा जारी गरेको छ ।
भोलि (सोमबार) बाट लागू हुने निषेधाज्ञा दुई महिनासम्मका लागि रहने प्रमुख जिल्ला अधिकारी रमेश ढकालले जानकारी दिए । पूरानो मन्त्री निवास क्षेत्र पुल्चोकस्थित यूएन हाउस र पुरानो मन्त्री निवास क्षेत्र र भैसेपाटीस्थित नयाँ मन्त्री निवास क्षेत्रमा निषेधाज्ञा जारी भएको हो । आइतबारदेखि जारी भएको आदेश दुई महिनासम्मका लागि रहने छ ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ (क) बमोजिम ललितपुरका प्रमुख जिल्ला अधिकारी रमेश ढकालले आइतबार यस्तो निषेध आदेश जारी गरेका हुन् ।


