fbpx

काठमाडौँ ०४ चैत २०८१ / प्रतिनिधिसभा बैठक बस्दैछ। बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बोलाइएको छ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथिको दफावार छलफल र पारितका लागि प्रस्ताव प्रस्तुत गर्नेछन्।

आजै भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारी सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथिको दफावार छलफल र पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।