काठमाडौँ ०४ चैत २०८१ / नेकपा एमाललेका पूर्वसांसद तथा उद्योगी, व्यवसायी तथा पूर्व राज्यमन्त्री मोतीलाल दुगड कर नतिरेपछि आन्तरिक राजस्व कार्यालयले कर तिर्न भन्दै सार्वजनिक सूचना जारी गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीका पूर्व विशेष आर्थिक सल्लाहकार समेत रहेका उनलाई केपी शर्मा ओलीले २०७७ सालमा विशेष आर्थिक सल्लाहकार नियुक्त गरेका थिए ।
आन्तरिक राजस्व कार्यालय विराटनगरले गत फागुन २० गते कर दाखिलाका लागि भन्दै १०१ व्यावसायीक फर्म र कम्पनीका नाममा १५ दिने सूचना जारी गरेको थियो । यसमा दुगडको एसिया केमिकल कम्पनी प्रालि विराटनगर १४, एसियन केम प्रालि विराटनगर १७ र विराटनगर २ मा रहेको ह्यारिसन प्यालेस प्रालिको पनि नाम समावेश छ ।
भूमि कन्स्ट्रक्सन र भूमि इन्फ्रास्ट्रक्चरले पनि तिरेनन् कर तिरेको छैन । त्यस्तै, नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय सदस्य अभिनाष बोहराले पनि कर तिरेका छैनन् । उनको भूमि कन्स्ट्रक्सन प्रालिले दुई वर्षदेखि मूल्य अभिवृद्धिकर र आयकर कर तिरेको छैन ।


