fbpx

काठमाडौँ ०५ चैत २०८१ / काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले २० करोडभन्दा बढी रकमसहित एकजनालाई पक्राउ गरेको छ ।

टोखा नगरपालिका–१ झोर क्षेत्रबाट उक्त रकमसहित गए राति एक जनालाई पक्राउ गरेको हो । प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिबाट उक्त परिमाणमा रकम बरामद गरिएको हो । पक्राउ परेका व्यक्तिको नाम भने खुलाइएको छैन ।

ना१ख १६५२ नम्बरको ट्रकबाट नेपाली रुपैयाँ, अमेरिकी डलर, युरोलगायत विभिन्न मुलुकका मुद्रा बरामद गरिएको प्रहरीले जनाएको छ ।